
काठमाडाैं । गायिका इन्दिरा जोशीले आज प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको हो ।
विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो ।
परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।