काठमाडौंको धुलो अब ९ वटा ब्रुमरले उठाउँछ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरपालिका सडकका धुलो ९ ओटा ब्रुमरले बढार्ने बताएका छन् ।

बालेनले फेसबुकमा स्टेटस राख्दै बिग्रीएका ब्रुमरहरु मर्मतपछि पुन: सञ्चालनमा ल्याइएको बताएका हुन् ।

सानातिना मर्मत पनि नगरेर राखिएका ब्रुमरको मर्मत गरेर बुधबारदेखि सडक सफा गर्न थालिएको उनले बताएका छन् । उनका अनुसार बुधबारदेखि ५ वटा ब्रुमरले सडक सफा गर्न थालेको जनाएका छन् ।

उनले लेखेका छन्, ‘सानातिना मर्मत लगायतका काम पनि नभएर लगभग निस्कृय रहेका ब्रुमरको मर्मत भएर काम सुरू हुन थालेको छ । आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन् ।’

उनका अनुसार बिहीबारदेखि थप ४ वटा ब्रुमर पनि सञ्चालनमा आउनेछ । जम्मा ९ वटा ब्रुमरले नियमित रूपमा सडक सफा गरिने मेयर शाहले उल्लेख गरेका छन् ।

उनले बर्खा भएकोले केहि असहजता पक्कै हुने तर आवश्यक ठाउँमा सकेसम्म छिटो पुगेर काठमाडौंलाई धुलोरहित बनाउने अभियानमा ब्रुमर सहयोगीसिद्ध हुनेछन् भन्ने विश्वास पनि लिएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१