
काठमाडौं । भारतमा ममकाे डल्ला अड्किएर एक जनाकाे मृत्यु भएकाे छ । मदिराले मातेका एक ५० वर्षीय व्यक्ति सडक छेउको एउटा पसलमा मम खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढले । उनकाे मृत्यु भयाे ।
भुइँमा ढलेका ती व्यक्तिलाई दिल्लीकाे एम्स अस्पताल लगिएकाे थियाे । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकाले ।
मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । उनको मृत्युको कारण मम पुष्टि भएपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ ।
चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ ।