• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

थपिए २५ जना काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

याे अवधिमा संक्रमणका कारण कसैकाे पनि मृत्यु भएकाे छैन ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना निको भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।