• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको माग दाबीसहित मुद्दा दर्ता

काठमाडौं । सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको प्रकरणमा मनोज पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत काठमाडौंमा बुधबार पाण्डेविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको हो । पाण्डेविरुद्ध मानव बचेबिखन तथा ओसारपसारको कसुरमा र बाल यौन दुर्व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

मानव बेचबिखनको कसुरमा १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा ३ वर्ष गरी १८ वर्ष कैद सजायको मागदाबी गरी मुद्दा दर्ता भएको छ।

शरीर बन्धक बनाइ नाबालिगलाई शारीरिक शोषण गरेको लगायतको अभियोगमा उनलाई १० देखि १५ वर्ष कैद सजायको माग दाबी गरिएको छ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगिताका सहभागी (प्रतिस्पर्धी)लाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पीडितले घटना सार्वजनिक गरेपछि फरार रहेका पाण्डेलाई प्रहरीले जेठ ७ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो ।