
काठमाडौं । सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपिओ असार २ गतेदेखि आउने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ । यस आइपिओमा लगानीकर्ताले छिटोमा असार १६ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीले तोकेको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म भर्न पाउनेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आइपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
यस आइपिओमा लगानीकर्ताले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आइपीओ भर्न सकिन्छ ।