
काठमाडौं । साताको कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।
बुधबार प्रति तोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा भएको थियो।