धादिङमा गाडीमा पहिरो खस्दा एक जनाको मृत्यु

काठमाडौं । धादिङमा गाडीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ ।

बेनिघाटरोराङ गाउँपालिका–१०, तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुंगासहितको सुक्खा पहिरो खसेर प्र ३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवनको इच्छाकानमा गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापाको मृत्यु भएको हो ।

गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१