काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद आफ्नो जवाफ दिन सुरू गरेका छन् ।
एमालेले अर्थमन्त्रालयका तर्फबाट अर्थमन्त्री शर्माले दिने जवाफको कार्यसूचीको विरोध गर्दै आइरहेको छ ।
एमालेले विरोध गरेपनि शर्माले अर्थमन्त्रालयमाथि उठेका प्रश्नको जवाफ सुरू गरेका हुन् ।
एमालेले बजेट बनाउँदा अर्थमन्त्रालयमा गैह्र जिम्मेवार व्यक्तिलाई सामेल गराइएको आरोप लगाउँदै आएको छ ।