लुम्बिनीकी राज्यमन्त्री विमला वली डिस्चार्ज

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

गएकाे मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो डिस्चार्ज भएकी हुन् ।

पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ ।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१