
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थकाे मूल्य पुन: बढेर आएकाे छ ।
नयाँ सूचीमा भारतबाट पेट्राेलमा ६.५२ रुपैयाँ बढेर आएको हाे । नेपाल आयल निगमले बिहीवार भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको हो ।
निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ, डिजेलमा १९.३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ मूल्य बढेर आएको छ ।
भारतबाट मूल्य बढेर आए पछि निगमलाई पेट्रोलमा ३१.२८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
यस्तै, डिजेलमा ३७.१६ रुपैयाँ घाटा भएको छ भने हवाइ इन्धन (आन्तरिक)मा २.७०० रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।
निगमका अनुसार आगामी १५ दिनमा करीब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।