स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खसिन् खोलामा

नुवाकाेट । नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् ।

सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएकाे छ ।

दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय गइरहेकी थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१