• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पाल्पा–बुटवल सडकखण्ड : टिपर चलाउन रोक

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ ।

डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

राजमार्ग अन्तर्गत सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र बर्सातको समयमा ठूला मालबाहक सवारी साधन सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

सडकमा अत्यधिक भारवहन भएका टिपर सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयलाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । यस सडकखण्डमा दैनिक सवारी साधनको चाप बढ्दो छ ।