अफगानिस्तानको चर्चित गुरुद्वारामा शक्तिशाली हमला, ३० जना फसेको आशंका

काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलको प्रसिद्ध गुरुद्वारा परवानको परिसरमा शनिबार बिहान शक्तिशाली हमला भएको बीबीसी हिन्दीले जनाएकाे छ ।

आक्रमण कसले गराएको हो भन्ने अझै खुल्न सकेको छैन । तर यो आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता ताकुरका अनुसार गुरुद्वारामा कार बम हमला भएको हुनसक्छ । आक्रमणपछि आकाशमा धुवाँको मुस्लो उठेको देखिएको छ ।

यसै क्रममा यस गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले समाचार एजेन्सी रोयटर्सलाई गुरुद्वाराको परिसरमा करिब ३० जना फसेको बताएका छन् ।

यद्यपी मृतकको यकिन संख्या भने आउन सकेको छैन । गुरनाम सिंहले तालिबान शासनले कसैलाई पनि परिसरमा प्रवेश गर्न नदिने बताएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१