
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई उपहार दिएको ‘सुनको लौरो’ प्रसाईले राज्यलाई दिने भएका छन् ।
शनिबार तीन दिने नेपाल भ्रमणमा आएका राजकुमार जुमाले झापा पुगेर प्रसाईलाई लाैराे उपहार दिएका थिए । प्रसाईले भने राजुकमार जुमालाई मार्सी भात र खुकुरी उपहार दिएका थिए ।
प्रसाईलाई सुनकाे लाैराे उपहार दिएपछि सामाजिक सञ्जालमा विभिन्न किसिमका टीकाटिप्पणी भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे कार्यालय अनभिज्ञ रहेको बताएकाे थियाे ।
आन्तरिक रुपमा कार्यालयले अनुसन्धान गर्ने पनि जनाएकाे थियाे ।