
बागलुङ । प्रबुद्ध युवा समूह र डान्स कम्युनिटी बागलुङले ‘प्रथम नेपाली कल्चरल डान्स ब्याटल’काे आयाेजना गरेकाे छ ।
उक्त कार्यक्रम यही असार ११ गते द राइजिङ डान्स एकेडेमी बागलुङमा गरिनेछ । कार्यक्रमका प्रमुख अतिथि डिल्लीराम सुवेदी रहेका छन् ।
नेपाली कल्चरल डान्सकाे प्रवर्द्धन र प्रचारका लागि याे कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजकले जनाएका छन् । साथै, यस्ता कार्यक्रमबाट नयाँ प्रतिभाहरुकाे उदय हुने पनि आयाेजकले विश्वास लिएकाे छ ।
उक्त प्रतियाेगिताका विजेताले २० हजार रुपैयाँ सहित प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
याे प्रतियाेगितामा सहभागी हुनका लागि १ हजार रुपैयाँ रजिस्ट्रेसन फी लाग्ने आयाेजकले जनाएकाे छ ।