
काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लागेको छ ।
आइतबार नेप्से ३७.२७ अंक घटेर १९३४ अंकमा कायम भएको छ । यो अंक डेढ वर्षयताकै न्यून हो ।
सबै उपसूचक घटेकाे दिन आइतबार कुल १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएकाे छ ।बैंकिङ १२, विकास बैंक १२४, फाइनान्स ५१, होटल तथा पर्यटन ४७, जलविद्युत् ८७, लगानी १, जीवन बीमा १२२, उत्पादन ३२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा १५४, अन्य ५३ र ब्यापार उपसमूह ३० अंक घटेकाे छ ।
कुल १३ कम्पनीको मूल्य बढ्दा १७९ को घट्यो भने २ को स्थिर रह्यो । आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको ४ प्रतिशत बढ्यो ।
रिभर फल्स पावरको मूल्य ९.५ तथा बलेफी हाइड्रोको ८ प्रतिशत घटेकाे छ ।