पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।

एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी, एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१