• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कतिमा भइरहेकाे छ आज सुनचाँदीकाे काराेबार ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेर १ हजार २ सय ६५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।