• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

‘तीतो सत्य’का राजले गरे सुनिशा बजगाईंसँग विवाह

काठमाडौं । टेलिभिजन सिरिज ‘तीतो सत्य’ अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार लगनगाँठो कसेका छन् ।

रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा उनीहरुले परम्पराअनुसार विवाह गरेका हुन् । परिवार र निकट आफन्तको उपस्थितिमा अहिले विवाह समारोह गरिएकाे हाे ।

एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । वरवधु पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् ।