
काठमाडाैं । बुधबार सुन-चाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेको हो ।
मंगलबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।