• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।

‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’

लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।