
काठमाडाैं । मंगलबार बढेको शेयर बजार बुधबार भने दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से बुधबार ३१ दशमलव २१ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको छ ।
बुधबार सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बीमा, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ ।
कारोबार रकम पनि बुधबार निकै घटेको छ । दुई सय २९ वटाे कम्पनीकाे ३० लाख ३४ हजार कित्ता शेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा धेरै अपर मार्दी हाइड्रो कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्त र ग्लोबल आईएमई समुन्नत स्किमको शेयर १० प्रतिशतले बढेको छ ।