जनकपुरधाम आइपुग्यो रामायण सर्किट रेल

काठमाडाैं । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ ।

जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे । धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो ।

भारत र नेपालका प्रधानमन्त्रीद्वारा ०२ अप्रिल २०२२ मा भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेललाई संयुक्त रूपमा उद्घाटन गरिएको थियो ।

रामायण सर्किटमा सञ्चालन हुने रेल अयोध्या, बनारस, प्रयागराज, सीतामढी भएर नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१