मूल्यवृद्धिको विरोधमा युवा संघकाे आन्दाेलन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारा लगाएका थिए ।

सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघ आन्दोलनमा उत्रिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१