नेपालमा थप ४३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५५ जनामा गरीएको परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१