
काठमाडाैं । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ ।
शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।
उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । यसअघि पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको थियाे ।
यस्तै, डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २९ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।
पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएपछि राजनीतिक दल, सरोकारवाला, नागरिकले मूल्य घटाएर सरकारले राहत दिनुपर्ने मत राख्दै आइरहेका थिए ।