• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

महाेत्तरीमा १९ ताेला सुन चाेरी

महाेत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन् ।

स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए । सोही बेला घरमा भएका गहना, ल्यापटप र मोबाइल चोरी भएको हो ।

घरको ताल्चा फुटाएर चोरी गर्ने समूहको खोजी भइरहेको महोत्तरी प्रहरीले बताएको छ ।