• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीकाे भाउ बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आइतबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।