श्रीलंकामा जस्तो नेपालमा नेतालाई लखेटी लखेटी कुट्ने दिन नआओस् : सांसद खातुन

काठमाडाैं । देशलाई कंगाल बनाएको भनेर श्रीलंकामा नेतालाई कुटपिट गरेको भन्दै नेपालमा पनि त्यस्तो दिन आउन नदिनतर्फ लाग्न एक सांसदले आग्रह गरेकी छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद कलिला खातुनले श्रीलंकाबाट पाठ सिक्नुपर्ने बताएकी हुन् ।

सांसद खातुनले भनिन्, ‘श्रीलंकामा सरकार र नेताहरूले देशलाई कंगाल बनायो भनेर लखेटीलखेटी पिटेको न्युजमा देखेका छौं, यो दिन नेपालमा पनि नआओस् । आउन सक्दैन भन्न चाहन्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१