काठमाडाैं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव छानविनका लागि समितिमा पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षि प्रतिनिधिसभा हुन नहुने बताए ।
उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानविन र सुनुवाई गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने तर्क गरे । प्रधानन्यायधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भन्ने जनगुनासो रहेको उनकाे भनाइ थियाे ।
प्रधानन्यायाधीश जबरामाथिको सत्तारुढ गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । तर त्यसको थप प्रक्रिया भने अघि बढ्न सकेको छैन । महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा निलम्वनमा छन् ।