
दाङ । नेपाल–भारत सीतावर्ती दाङ देउखुरीको राजपुरका दुई नेपाली महिलामाथि भारतीय क्षेत्रमा सामूहिक बलात्कार भएको छ ।
किनमेलका लागि भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका एक युवती र एक महिला भारतीय नागरिकबाट आइतबार दिउँसाे बलात्कृत भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
६ जना महिला किनमेलका लागि भारतीय बजार गइरहेका थिए । तीमध्ये २ जना बलात्कृत भएका र अन्य चार जनालाई भने भारतीय युवकहरुले धम्की दिएर सामान लुटपाट गरेको प्रहरीले जनाएकाे छ ।
पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले त्याे घटना भारतीय प्रहरीले अनुसन्धान कार्य अघि बढाएको बताइएकाे छ । पीडित नेपाली पक्षले भारतीय प्रहरीमा जाहेरी दिइसकेका छन् ।