सुनचाँदीको भाउ स्थिर, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनचाँदीको भाउ मंगलबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम रहँदै भाउ स्थिर छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ कायम छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि स्थिर छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २५५ रुपैयाँ कायम छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१