
काठमाडाैं । लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से ४१ दशमलव ३९ अङ्कले बढेर १ हजार ९ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
बुधबार कारोबार रकम पनि बढेको छ । २ सय २८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
बुधबार आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा वरुण हाइड्रोको शेयर साढे ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि मैलुङखोला जलविद्युत् कम्पनीको शेयर करिब २ प्रतिशत घटेकाे छ ।