
काठमाडाैं । गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतमा इन्दिराकै शब्द तथा संगीत छ ।
प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेको गीतको भिडिओमा इन्दिरा र निराजन प्रधान फिचर्ड छन् ।
गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । हरि हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन् ।
गायिका इन्दिरा जोशीले केही समयअघि डिजाइनर शरद केडियासँग बिहे गरेकी थिइन् ।
हेर्नुहाेस् भिडिओ :