• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिजुली नभएर बत्ती गएको होइन, बढेको माग ट्रान्सफर्मरले धानेन : घिसिङ

काठमाडौं । जाडो बढेपछि बढेको विद्युतको लोड धान्न नसकेर बेला-बेलामा बत्ती जाने समस्या बढेको नेपाल विद्युत प्राधिकरणले बताएकाे छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनभित्रै समस्या समाधान गर्ने बताए । घिसिङले भने, ‘जाडो बढेसँगै एसी, हिटरको प्रयोग बढेका कारण विद्युतको माग बढेको छ, लोड धान्न नसक्दा बत्ती जाने समस्या देखिएको छ, केही दिनभित्र समाधान गछौं ।’

काठमाडौं उपत्यकामा ५०–६० वटा ट्रान्सफर्मरमा समस्या देखिएको र झरीका कारण त्यसलाई फेर्न नसक्दासमेत उपभोक्ताले नियमित विद्युत पाउन नसकेको घिसिङकाे भनाइ थियो ।

केही दिनयता विद्युत आपूर्ति अनियमित हुन थालेपछि सर्वसाधारणले विद्युत प्राधिरणको आलोचना गरिरहेका छन् ।