काठमाडाैं उपत्यकामा हैजा संक्रमण बढ्दो

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासहित अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१