
काठमाडौं । काठमाण्डौको बबरमहलमा आइतबार बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।
घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ ।
बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भइ सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।