
दाङ । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ ।
एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडिओ अपलोड भएको थियो ।
सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ । यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् ।
उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।
शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सह इन्चार्ज समेत हुन् ।