रुपन्देहीमा पेस्तोल र गोलीसहित तीन जना भारतीय पक्राउ

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एकथान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एकथान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्दार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदी हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अक्बर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् ।

उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए । शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरूलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो ।

घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१