भारतीय दूतावासभित्र एक जना सुरक्षाकर्मीले आफैँलाई गोली हानी गरे आत्महत्या

काठमाडौं । काठगमाडौंको लैनचौरस्थित भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी आत्महत्या गरेका छन् ।

दूतावास स्रोतका अनुसार ३२ वर्षीय दिपक सिंह नाम गरेका ती भारतीय सुरक्षाकर्मीले दूतावास परिसर भित्र आत्महत्या गरेका हुन् ।

उनले आफूले बोकेको इन्सास राइफलले आफैँलाई गोली हानेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

स्रोतका अनुसार उनको शव अहिले पोस्टमार्टमको लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१