
काठमाडाैं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।
दुर्घटनामा ९ जनाकाे मृत्यु भएकाे प्रारम्भिक जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको हाे ।
दुर्घटनामा परेर २५ जनाभन्दा बढी घाइते भएको बताइएकाे छ । घाइतेहरुको उद्दार कार्य जारी छ ।