
काठमाडाैं । सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको भएकाे बताएको हाे ।
‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक) मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ ।
उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ ।