नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गराउने सरकारकाे तयारी

काठमाडाैं । सरकारले प्रतिनिधिसभाको आगामी बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संसदको आगामी बैठकमा यसअघि पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने जानकारी गृहमन्त्रीले दिएको बताए संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले लामो समयदेखि नागरिकता विधेयकलाई अल्झाइ राखेकाले नयाँ बिधेयक ल्याउनु सकारात्मक भएको बताए ।

दलहरुबीच नागरिकताका बिषयमा भएको सहमतिलाई समावेश गर्दै नयाँ विधेयक ल्याउने जानकारी पनि गृहमन्त्रीले गराएको उनकाे भनाइ छ । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता प्रदान गर्ने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर पास गर्ने भन्ने सहमति भएको बताए ।

यसअघि प्रतिनिधिसभामा करिब चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने निर्णय गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१