• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन

काठमाडौं । प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् ।

संसदीय विशेष समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, विमला विक कांग्रेसबाट पुष्पा भुसाल, सीताराम महतो नेकपा माओवादी केन्द्रबाट देव गुरुङ,शक्ति बस्नेत नेकपा एकीकृत समाजवादीबाट सरला यादव जनता समाजवादी पार्टीबाट सुरेन्द्र यादव लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् ।

समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।