फेरि बढ्यो हवाई भाडा, अब कुन ठाउँ जान कति लाग्छ ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई भाडा पनि वृद्धि भएको छ ।

नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । यसभन्दा अघि १४ हजार ७२० रुपैयाँ भाडा थियो ।

काठमाडौंबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति १२५ रुपैयाँले वृद्धि भएर १० हजार २०२ रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ८६० रुपैयाँ, काठमाडौंबाट भरतपुरको ५५ रुपैयाँले भाडावृद्धि भएर ४ हजार ९९० रुपैयाँ, काठमाडौंबाट पोखराको ८० रुपैयाँले भाडा वृद्धि भएर ६ हजार ९८५ रुपैयाँ नयाँ भाडा तोकिएको छ ।

त्यसैगरी काठमाडौंबाट भैरहवाको भाडा प्रतिव्यक्ति १०० रुपैयाँले वृद्धि भएर ८ हजार ६७५ रुपैयाँ, काठमाडौंबाट नेपालगञ्जको भाडा १६५ रुपैयाँले वृद्धि भएर १३ हजार १६५ रुपैयाँ, काठमाडौंबाट धनगढी २२० रुपैयाँले भाडा वृद्धि भएर १७ हजार २५ रुपैयाँ, काठमाडौंबाट तुम्लिङटर ९५ रुपैयाँले भाडा वृद्धि भएर ८ हजार २०५ रुपैयाँ र काठमाडौंबाट सिमराको ४५ रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार २४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौंबाट सुर्खेतको १७० रुपैयाँले भाडा वृद्धि भएर १४ हजार ९९५ रुपैयाँ पुगेको छ । भने काठमाडौंबाट राजविराजको भाडा १०० रुपैयाँले वृद्धि भएर ८ हजार ७५५ रुपैयाँ पुगेको छ ।

यो भाडा आषाढ २३ गते देखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेपछि सबै ठाउँको हवाई भाडा वृद्धि भएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१