• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंको खुलालटारमा मोटरसाइकल र सानो भर्‍याङमा स्कुटर दुर्घटना, २ जनाकाे मृत्यु

काठमाडौं । काठमाण्डौको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय दिपक केसी रहेका छन् ।

साँखुबाट इन्द्रायणी तर्फ जाँदै गरेको के.सीले चलाएको बा५८प ६५५० नम्बरको मोटरसाइकल ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।

घाइते उनको जोरपाटी स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी, सानो भर्‍याङमा बुधबार राति नै स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।