• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनकाे मूल्यमा भारी गिरावट, कति छ आजकाे भाउ ?

काठमाडौं । सुनको मूल्यमा बिहीबार उच्च गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको हाे ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार एक सय र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घटेको थियो । बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।