युवकसँग बुटवलको होटलमा बसेकी युवती झुण्डिएको अवस्थामा मृत फेला

बुटवल । बुटवलको एक होटलमा एक युवती मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा बुटवल–२ की २१ वर्षीय सदीक्षा गुरुङ रहेकी छन् । उनी कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार सदीक्षा पूर्वी पाल्पाली गाल्धाली होटेलमा २४ गते एक युवकसँग बास बस्न गएकी थिइन् ।

सदीक्षासँगै बसेका युवकलाई प्रहरीले पक्राउ गरेको छ तर नाम भने खुलाएको छैन । मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१