• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । बुधबार बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभागलगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु-भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ ।

बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ ।